'सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी २०२२' काठमाडौंकाे भृकुटी मण्डपमा आयोजना हुने भएको छ।
भदौ ३१ गतेदेखि असोज २ गतेसम्म आयोजना हुने उक्त एक्सपोमा खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने बताइएको छ। गत कोरोनाकाल अर्थात् तीन वर्षपछि हुन लागेको यस पटक सबैभन्दा महत्वपूर्ण संस्करण हुने बताइएको छ।
नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो रहेको जनाइएको छ। विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन्। त्यसैगरी, टेक–अवे फूड आउटलेट, फाष्ट फुड क्याफे, किराना पसल र सुपर–मार्केटहरू पनि हाम्रो छर–छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन्।
गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको 'सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२' सबैभन्दा महत्त्वपूर्ण संस्करण बताइएको छ। ‘कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेका अवस्थामा यस बर्षको सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरिदकर्ता र विक्रेताहरु बजारमा पुरानामध्ये अझै को–को कायम छन् रु र नयाँ को–को थपिएका छन् रु भन्ने मूल्याङपनि गरिने भएको छ।
२०१५ को भूकम्प, कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ। बजारमा कुन–कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरू छन् र हाल के–के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरूको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न एफबिएच २०२२ कार्यक्रममा भ्रमण गर्न आयोजकहरूले आह्वान गरेका छन्।
हाल पूरा विश्व विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको अवस्थामा सेन्चुरी (एफबीएच) २०२२ ले यो कार्यक्रम आयोजना गर्नलागेको हो। सेन्चुरी एफबीएच २०२२ ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ, जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको जनाएको छ।
यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक र प्रबन्धकहरू , क्लब , बाररपब मालिक प्रबन्धकहरू, पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक , स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर मार्केटहरू र किराना पसलहरू , स्टोर मालिकहरू प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदि लाई (एफ.बी.एच) २०२२ बिशेष आकर्षित गर्ने आयोजक बताउँछन्।
यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन्। करिब ६०% विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिनेछ बताइएकाे छ।
यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्टको विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विष्तृत जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको स्वाद लिन यो एक उत्कृष्ट अवसर भएकाे बताइएकाे छ।
प्रकाशित: २९ भाद्र २०७९ १३:५८ बुधबार