अर्थ

एनआईसी बैंकका ग्राहकलाई किनमेलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले दराजमा अनलाइनमा किनमेल गर्दा २,५०० रूपैयाँसम्म छुट पाउने भएका छन्।

बैंकले दशैंको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्यअनुरूप दराजसँग सम्झौता गरेको हो। यही भदौ २९ देखि असोज ११ गतेसम्म लागु हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रूपैयाँसम्मको छुट उपलब्ध हुने तथा क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २५ सयसम्मको छुट उपलब्ध हुने बैंकले जनाएको छ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको जनाएको छ।  

प्रकाशित: २९ भाद्र २०७९ ०२:५२ बुधबार

एनआईसी एशिया बैंक ५०० रूपैयाँसम्म छुट