अर्थ

रेमण्डको सातौं सोरुम गोल्फुटारमा

रेमण्डले आफ्नो सातौं सोरुम गोल्फुटारमा खोलेको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्काले उक्त शोरूम उद्घाटन गरेका हुन।

नयाँ शोरुममा टेलरिङ सेवाबाहेक रेमण्ड ब्राण्डको कोट, सर्ट, टाइ, पाइन्ट तथा अन्य रेडिमेड सामाग्रीहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

यस ब्राण्डका कपडाहरूमा खुम्चिने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर गर्ने गुणस्तरीय रहेको कम्पनीको दाबी छ। यसमा प्रयोग हुने कपडाहरूमा कसमिरी, महेर, आन्गोरा जस्ता उच्च कोटीका सामग्री प्रयोग गरी तयार पारिएका छन्। अन्य ब्राण्डको उत्पादनभन्दा स्तरीय, उच्च गुणस्तर, टिकाउ र सर्वसुलभ भएको रेमण्डले दाबी गरेको छ।

रेमण्डका अध्यक्ष सञ्जय अधिकारीले आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै मूल्य पनि निश्चित भएको बताए। उनले उपभोक्ताहरूलाई यस ब्राण्डको प्रयोगबाट नठगिने भएको हुँदा ढुक्क भई खरिद गर्न सक्ने बताए।

प्रकाशित: २९ भाद्र २०७९ ०२:३२ बुधबार

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारश खड्का रेमण्डको सातौं सोरुम गोल्फुटारमा