अर्थ

नमस्ते पेद्वारा फेस्टिभ अभियानको सुरूआत

नमस्ते पेले दशैं, तिहार र छठ पर्वलाई समेट्ने गरी ‘फेस्टिभ अभियान’ ल्याएको छ। ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरूले विभिन्न सेवाहरू अफर पाउने भएका छन्।

अभियानअन्तर्गत बम्पर अफरमा सात भाग्यशाली विजेताहरूले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यस्तै अभियान अवधिको बीचमा कुनै पनि सेवाहरूको कारोबार गर्ने प्रयोगकर्ताहरू योग्य हुने कम्पनीले जनाएको छ।

त्यसैगरी नमस्ते पे मार्फत युटिलिटी बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक विजेताको वर्षभरिको बिल कम्पनीले तिरिदिने अफर रहेको छ भने उडान टिकट खरिद गर्दा हरेक हप्ता एक विजेताले १ हजार रूपैयाँ क्यासब्याक पाउने भएका छन्। यसका साथै अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड उडान टिकट पाउने तथा दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना प्रयोगकर्ताहरूले शतप्रतिशत क्यासब्याक लगायतका विभिन्न सेवा सुविधाहरू पाउने भएका छन्।

प्रकाशित: २९ भाद्र २०७९ ०१:५३ बुधबार

नमस्ते पे फेस्टिभ अभियानको सुरूआत