अर्थ

बजार विस्तारमा प्रेस्टिज कार्पेट

 प्रेस्टिज कार्पेट उद्योगले ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’ को आठौं संस्करणमा कम्पनीले लक्ष्य भन्दा करिब १० प्रतिशत बढी नयाँ डिलरहरू विस्तार गरेको जनाएको छ।  

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थालमा आयोजित एक्स्पोमा कम्पनीले लक्ष्यभन्दा करिब १० प्रतिशत बढी नयाँ डिलरहरू विस्तार गरेको कम्पनीका एसोसियट डाइरेक्टर अमन साहले बताए। उनले कम्पनीले उत्पादन गर्दै आएको कार्पेट उच्च गुणस्तरको भएको जनाउँदै कार्पेट सस्तो मूल्यमा उच्च गुणस्तर, बलियो र टिकाउ भएको दाबी गरे ।

एक्स्पोको मूल उद्देश्य कार्पेटको ब्राण्डिङ गर्ने भए पनि कम्पनीले ५ दिनमा करिब ८० लाखको व्यापार गरेको साहले बताए। उनले कार्पेट उत्पादनको परनिर्भरता घट्दै गइरहेको अवस्थामा प्रेस्टिज कार्पेटको योगदान उल्लेख्य मात्रामा रहेको बताउँदै स्वदेशी उत्पादन भए पनि विदेशी कार्पेटलाई प्रतिस्पर्धा गर्न सक्ने गुणस्तर रहेको प्रेस्टिज कार्पेटले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गरेको जनाए।

 बदलिँदो आधुनिक जीवन शैलीसँगै कार्पेटको प्रयोग बढ्दै गएको उल्लेख गर्दै कम्पनीले हरेक किसिमको ग्राहकका लागि बजारमा कार्पेट सजिलै पाइने जनाएका छन् ।

प्रकाशित: २८ भाद्र २०७९ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App