अर्थ

हुन्डाई नेपालको ‘बि (भि) द चेन्ज’ अभियान

हुन्डाई नेपालले ‘बि (भि) द चेन्ज’ अभियान अन्तर्गत, टेकुस्थित पचली भैरवमन्दिमा सरसफाइ गरेको छ। यसका साथै पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरेको थियो।  

हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागिता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो। कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको आयोजना गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य–बद्धता गर्ने पहल स्वरूप कार्यक्रम ल्याएको जनाएको हो। ‘परिवर्तनको सुरुवात आफैबाट’ भन्ने अवधारणालाई आत्मसात गर्दै कम्पनीले बि (भि) कार्बन न्युट्रालिटिको पर्याय अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल भएको जनाएको छ।  

गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्युट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।

कम्पनीले कार्बन न्युट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाख भन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०२:३४ सोमबार

हुन्डाई नेपालले ‘बि (भि) द चेन्ज’ अभियान