अर्थ

महालक्ष्मी बैंकद्वारा नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ। त्रिनगर माध्यामिक विद्यालय धनगढी कैलालीका कक्षा ९ मा अध्यनरत छात्रा हिरा जोशीलाई उक्त छात्रवृत्ति प्रदान गरेको हो।

बैंकका संस्थापक अध्यक्ष स्व. नवराजबहादुर सिंहको स्मृतिमा स्थापित छात्रवृत्ति धनगढी शाखाका शाखा प्रमुख झंकारबहादुर कडायतले जोशीलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले हिराको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ। यसका साथै आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०२:०२ सोमबार

महालक्ष्मी बैंक नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण