नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि (ब्रोकर १९) ले आफ्नै भवनबाट शेयर कारोबार थालेको छ।
विराटनगर–७ स्थित मोतीराम टोलमा ब्रोकर १९ ले आधुनिक सुविधा सम्पन्न आफ्नै भवनबाट आइतबार देखि शेयर कारोबार थालेको हो।
उपत्यका बाहिर आफ्नै भवन निर्माण गरी शेयर कारोबार थाल्ने नेपाल इन्भेष्टमेन्ट एण्ड शेक्युरिटिज प्रालि पहिलो कम्पनी बनेको कम्पनीका विराटनगर ब्राञ्च म्यानेजर विवेक पौडेलले दाबी गरे।
नयाँ कार्यालयमा पार्किङ, वेटिङ रुम, केवाइसी भर्ने छुट्टै डेस्क, फ्रि वाइफाईलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ। शुभारम्भ कार्यक्रममा कम्पनीका अध्यक्ष उमेश रेग्मी, विराटनगरका शेयर लगानीकर्ताहरू र सुभेच्छुकहरूको उपस्थिति थियो।
प्रकाशित: २६ भाद्र २०७९ ०८:०४ आइतबार