अर्थ

बिहे नेपालले ल्यायो भीआईपी क्लब सञ्चालनमा

बिहे नेपालले भीआईपी क्लब सञ्चालनमा ल्याएको छ। बिहीबार एक कार्यक्रमकाबीच बिहे नेपालले उक्त क्लब सञ्चालनमा ल्याएको हो। बिहे नेपालका निर्देशक श्रद्धा कटुवाल र वेलकम इभेन्टका रिजा पौडेलले समझदारी पत्रमा हस्तक्षर गरेका हुन्।

श्रद्धा र श्रीया कटुवाल (दुई इञ्जिनिएर दिदी बहिनी) मिलेर बिहे नेपाल एप तयार पारेका हुन्। उनीहरूले यो एप रावा सफ्टवेरद्वारा २४ फेब्रुअरी, २०२२ मा लन्च गरेका थिए।  प्रयोगकर्ताको उच्च साथ र सहयोगले बिहे नेपालको यात्रालाई निरन्तरता दिन प्रेरणा मिलेको संस्थाकी सञ्चालक श्रीया कटुवालले बताइन्।

उनले भनिन्,‘हामी नयाँ एपको लेआउट, भीआईपी क्लब, एवम् एपमार्फत इभेन्ट बुकिङ र बिहे नेपाल ब्ल्याक कार्ड जस्ता नयाँ सुविधाहरूसहित, घोषणा गर्न पाउँदा एकदम उत्साहित छौँ।’ क्लबमा प्रयोगकर्ताहरूले तोकिएको सदस्यता शुल्क बुझाउनुपर्छ।

यसमा आवद्ध हुन अनिवार्य रूपमा आफ्नो पृष्ठभूमि प्रमाणीकरण (आइडी, शिक्षा र योग्यता कागजात) जाँच गरेपछि मात्र अन्य भीआईपी क्लब सदस्यहरूसँग मिल्दो नेटवर्कमा रहेर आफ्नो जीवनसाथी भेटाउन सकिनेछ। वेलकम इभेन्ट म्यानेजमेन्टद्वारा मेहेन्दी, हल्दी, संगीत कार्यक्रम र विवाह समारोह का लागि आवश्यक पर्ने क्याटेरिङ्ग, फोटो एवम् भिडियोग्राफी, डेस्टिनेशन वेडिङ्ग, तथा कुनै पनि प्रकारको कार्यक्रम बुक गर्न सकिनेछ।

भीआईपी सदस्यहरूले भिआइपीलगायत स्टाण्डर्ड सदस्यहरूको पनि प्रोफाइल हेर्न, साथी बन्न, कुराकानी र अनलाइन भेटघाट समेत गर्न पाउने छन्। यो एपले बिहे गर्न र डेटिङ जान चाहनेहरूका लागि जोडी मिलाइदिने काम गर्छ। त्यति मात्र होइन, आफूलाई मनपर्ने मान्छे खोजेर र छानेर कुराकानी अगाडि बढाउन सकिने बताइएको छ।

प्रकाशित: २४ भाद्र २०७९ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App