अर्थ

उत्पादित विद्युतको मूल्य पाउन सरकारसँग माग

ऊर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरूले उत्पादित विद्युत्को मूल्य पाउन सरकारसँग माग गरेको छ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले अहिले विभिन्न निजी कम्पनीहरूबाट बढी मात्रामा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले सित्तैमा खरिद गरिराखेकोमा उत्पादित विद्युत्को मूल्य पाउनुपर्ने बताएका छन्।

अध्यक्ष श्रेष्ठले पिपिए सम्झौता गर्दाप्रति युनिट जति रूपैयाँमा खरिद गर्ने सम्झौता भएको छ बढी उत्पादित विद्युत्लाई पनि न्यूनतम आधा मूल्यमा खरिद गरी दिन अनुरोध गरेका छन्। ‘प्रत्येक ५ वर्षमा खरिद मूल्य पुनरावलोकन गर्न ऊर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू सरकारसँग जोडदार माग गर्दछु’-उनले भने।

प्रकाशित: २४ भाद्र २०७९ ०३:४३ शुक्रबार

उत्पादित विद्युत्को मूल्य ऊर्जा क्षेत्रमा लगानी गर्ने व्यवसायी