अर्थ

ललितपुरमा कोरियन रेष्टुरेन्ट सञ्चालन

ललितपुरमा कोरियन संस्कृति र मौलिकता झल्किने कोरियन रेष्टुरेन्टको शुरुवात गरिएको छ।

ललितपुरमा खोलिएको कोरियन बार्बी क्यू रेष्टुरेन्टको उद्घाटन ललितपुर उपमहानरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका हुन्।

कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियनपोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियनखानाका स्वादपस्कदै कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको सुरुवात गरिएको हो। लामो समय कोरियामा कार्यरत रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङले नेपालमा पनि कोरियनखानाको स्वादपस्किन यस रेष्टुरेन्टको स्थापना गरेको बताए।

कोरियन खानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियनखानाहरू पस्कदै आएको सञ्चालक बताउछन्। सञ्चालकका अनुसार  कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो।  

कोरिया रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियनबार्र्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदानगर्दै आएको छ। रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमाखानाको गुणस्तरलाई प्राथमिकतामा राखेको छ। 

बजारमा सञ्चालन भईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियनबार्र्बी क्यु रेष्टुरेन्टको खाना र सेवाभिन्नतथा गुणस्तरीय रहेको रेष्टुरेन्ट दाबी गरेको छ। कामगर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपालमै सिक्न र झल्काउन पाउँदा उत्साहित छन्।

रेष्टुरेन्टले कोरियनबार्र्बी क्युमा आउने सम्पूर्णलाइ स्वागतगर्दै परिकारको स्वादमा रमाउन र कमीकमजोरीमा सल्लाह सुझावदिन अनुरोध गरेको छ। 

प्रकाशित: २३ भाद्र २०७९ १३:५२ बिहीबार

कोरियन बार्बी क्यू रेष्टुरेन्ट