अर्थ

कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा शुरू

कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ’ सेवा सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरूलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक पुनसंरचनालगायतका कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ ।

क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सूचीकरण गराउने लगायतका सेवाहरू प्रदान गर्ने बताएको छ । 

यस्तै क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत व्यावसायिक तथा वित्तीय योजनाको तयारी, वित्तीय तथा संगठनात्मक पुनर्संरचना, वित्तीय स्रोत जुटाउन सहयोग, कम्पनी मूल्याङ्कन, तथा परियोजना मूल्याङ्कन लगायतका कार्यहरू गर्ने जनाएको छ ।

प्रकाशित: २३ भाद्र २०७९ ०२:०९ बिहीबार

कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ’ सेवा सञ्चालनमा ल्याएको छ । कुमारी क्यापिटल