अर्थ

पर्वतारोही श्रेष्ठ वाइवाइको ब्रान्ड एम्बासडर

 चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

नेपालको पर्यटन प्रबद्र्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी गु्रपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ एम्बासडर नियुक्त गरेको हो।

यसअघि सगरमाथासहित नेपालका ८ हजार मिटरभन्दा माथि उचाइका ७ हिमाल चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहण गर्न जाँदै छन्।

यो कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तव्य स्थलतिर लागेकी छन्। श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा वाइवाईको पनि झण्डा फहराउने कार्यक्रम छ।  

‘चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएकी छु,’ श्रेष्ठले भनिन्। गोर्खाको आरुघाट ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो। उनी पेशाले फोटो पत्रकार हुन्।

प्रकाशित: २२ भाद्र २०७९ ०१:५१ बुधबार

चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठला वाइवाइ चाउचाउ फोटो पत्रकार