अर्थ

फरवाड लघुवित्तद्वारा मृत्यु दाबी भुक्तानी

फरवाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कर्जा लिएर सदस्य बनेका एक सेवाग्राहीको मृत्युपछि उनका आफन्तलाई बीमा वापतको मृत्यु दाबी भुक्तानी गरेको छ।

फरवाडका ताप्लेजुङ शाखा प्रवन्धक युवराज खतिवडाका अनुसार फुङलिङ नगरपालिका वडा नं ४ माछापोखरीकी कालीमाया हेम्ब्या मादेनको लिम्बूको मृत्युपछि मृतकका छोरा भूपाललाई बीमा वापत ३ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिएको छ।

लामो समयदेखि फरवार्डसँग सहकार्य गर्दै आएकी कालिमायाले गत फागुनमा फरवाडबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन्। उनको गत असार ६ गते मृत्यु भएको थियो। ताप्लेजुङमा फरवार्डको शाखा २०६७ सालमा स्थापना भएको हो।

फरवार्डले यहाँका २ हजार ३ सय बढी सदस्यलाई समेटेको खतिवडाले जानकारी दिए। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त फरवाड माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको संस्था हो।

प्रकाशित: २१ भाद्र २०७९ १०:०८ मंगलबार

फरवाड माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखा