अर्थ

सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्ड

 सिद्धार्थ बैंक ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्डबाट सम्मानित भएको छ। भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो।

भिसाअन्तर्गत रहेका नेपालका बैंकहरूमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।

बैंकलाई यस अघि पनि भिसाले ग्राहकको आवश्यकताअनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा सम्मानित गरेको थियो।

आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न उपाधिले बैंकलाई प्रेरित गरेको जनाएको छ ।

प्रकाशित: २१ भाद्र २०७९ ०१:३९ मंगलबार

सिद्धार्थ बैंकलाई ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेश २०२२’ अवार्ड