अर्थ

सेवाशर्त विनियमावली कार्यान्वयन गर्न माग

नेपाल खानेपानी संस्थान कर्मचारी संघले नेपाल खानेपानी संस्थान कर्मचारी सेवाशर्त विनियामावली (संशोधित) तुरुन्तै कार्यान्वयन गर्न खानेपानी मन्त्री उमाकान्त चौधरीलाई अनुरोध गरेका छन्।

संघका अध्यक्ष केदार धमलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार मन्त्री चौधरीलाई भेटेर ध्यानाकर्षण गराएका हुन्। संघले नेपालको संविधान २०७२ जारी भएपछि संविधानमा भएको व्यवस्था बमोजिम लोकसेवा आयोगको मापदण्ड बमोजिम नेपाल खानेपानी संस्थान कर्मचारी सेवा शर्त विनिमावली (संशोधित) लागू हुनुपर्ने माग गरेको छ। 

प्रकाशित: २० भाद्र २०७९ ०२:३५ सोमबार

नेपाल खानेपानी संस्थान कर्मचारी संघ सेवाशर्त विनियमावली कार्यान्वयन गर्न माग