अर्थ

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी तीव्र

आठौं संस्करणको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२’को आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु भएको छ।

आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले पत्रकार सम्मेलन गरी भौतिक तयारी सुरू भएको जनाएको छ। संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने उल्लेख गरे।  

यही भदौ २३ गतेदेखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा १ लाख अवलोकनकर्ता आउने अपेक्षा आयोजकको रहेको छ।  

संघका महासचिव अर्जुन घिमिरेका अनुसार प्रवेश निःशुल्क गरिएको एक्स्पोमा प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको पनि जानकारी दिए।

प्रकाशित: १९ भाद्र २०७९ ०२:०० आइतबार

फर्निचर तथा फर्निसिङ एक्स्पोको तयारी तीव्र