अर्थ

बेकोको दशैं-तिहार योजना सार्वजनिक

युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकै आइरहेको दशैं तिहारलाई लक्षित गर्दै ‘बेकोसँग दशै तिहार, भित्र्याउनुहोस् खुसी उपहार’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत बेको ब्राण्डको कुनै पनि सामानको खरिदमा आकर्षण उपहार प्रप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वासिङ मेसिन र वासर ड्रायरको खरिदमा सर्फ एक्स्सेल पाउडर, डिसवासमाको खरिदमा फोर्चुन डिसवासर, रेफ्रिजेरेटरको खरिदमा इण्डक्सन कुकर लगायतका उपहारहरूको सुविधा रहेको कम्पनीले जनाएको छ।

उक्त योजना यही भदौ १० देखि सीमित अवधिको लागि लागु गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १७ भाद्र २०७९ ०२:१४ शुक्रबार

बेकोको दशैं तिहार योजना सार्वजनिक युरोपको इलेक्ट्रोनिक्स ब्राण्ड बेको