अर्थ

सुनको मूल्य तोलामा ९ सयले घट्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन तोलामा ९३ हजार १०० मा कारोबार भइरहेको छ। हिजो बुधबार छापावाल सुन तोलामा ९४ हजारमा कारोबार भएको थियो।  

त्यस्तै आज तेजाबी सुन तोलामा ९२ हजार ६०० रुपैयाँ छ। हिजो बुधबार तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य तोलामा ११ सय रुपैयाँ छ। हिजो बुधबार चाँदीको मूल्य तोलामा ११ सय ३० रुपैयाँ रहेको थियो।  

प्रकाशित: १६ भाद्र २०७९ ०७:१६ बिहीबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ