अर्थ

एलसी र बैंक ग्यारेन्टी अनलाइनबाटै

ग्लोबल आइएमई बैंकले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।

बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा अनलाइनबाट नै प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुवात गरेको हो।

यो सेवाको सुरुवातसँगै ग्राहकहरूले अनलाइनमार्फत आवेदन फाराम भर्ने, आवेदनको प्रगति निगरानी गर्ने आदि सबै प्रक्रियागत काम एउटै पोर्टलको प्रयोग गररेर सहुलियतअनुसार आफ्नै कार्यालय वा घरमै बसेर सजिलै गर्न सक्ने बैंकले जनाएको छ। साथै यस प्रक्रियाबाट उल्लिखित रूपमै ग्राहक तथा बैंक दुवैको समय, स्रोत र साधन बचत हुने विश्वास लिइएको छ।

यो प्रणाली यही भदौ महिनाबाट लागू भएको बैंकले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०२:३२ बिहीबार

ग्लोबल आइएमई बैंक एलसी र बैंक ग्यारेन्टी अनलाइनबाटै