अर्थ

'१०.२५% सानिमा डिवेन्चर २०८९' ऋणपत्र आजदेखि बिक्री खुला

सानिमा बैंक लिमिटेडले अंकित मूल्य प्रतिकित्ता एक हजारका दरले '१०.२५% सानिमा डिवेन्चर २०८९’ को बिक्री खुलाएको छ।  

बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो।

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.२५ प्रतिशत रहेको छ। अंकित मूल्य १००० रुपैयाँ दरका कुल ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो।

सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ।

प्रकाशित: १४ भाद्र २०७९ १३:५८ मंगलबार

सानिमा बैंक लिमिटेड