अर्थ

रमादा एन्कोर होटलमा सिटिजन्सका कार्डवाहकलाई विशेष छुट

सिटिजन्स बैंक र ठमेलस्थित रमादा एन्कोर होटलबीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्र अनुसार बैंकका कार्डबाहकहरूले रमादा एन्कोर होटलबाट प्रदान गरिने सेवाहरूमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १४ भाद्र २०७९ ०४:१२ मंगलबार

सिटिजन्स बैंक ठमेलस्थित रमादा एन्कोर होटल