अर्थ

सामसुङले युवालाई प्रविधिक सिप उपलब्ध गराउने

सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

सामसुङ इलेक्ट्रोनिक्स एसडब्लुएको क्षेत्रीय अध्यक्ष केन काङ र सामसुङ इलेक्ट्रोनिक्स ग्लोवलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कको उपस्थितिमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधरराम जोशीले उक्त सम्झौतापत्र आदान–प्रदान  गरेका हुन्।

सम्झौता अनुसार नेपाली युवाहरूलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोचिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने बताउँदै कम्पनीले विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्ने जनाएको छ।

उक्त नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तक इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने कम्पनीको विश्वास छ।

प्रकाशित: १४ भाद्र २०७९ ०३:४२ मंगलबार

सामसुङ इलेक्ट्रोनिक्स एसडब्लुए प्राविधिक सीप