अर्थ

बर्जरको रंगोत्सव ग्राहक सेवा

बर्जर पेन्टस् नेपालले यस वर्षको चाडपर्वमा बर्जर रंगोत्सव ग्राहक योजना ल्याएको छ।

भदौ १ गतेबाट मंसिर १० गतेसम्म लागू हुने गरी आउँदै गरेको दशैं तिहारका साथै फिफा विश्वकपलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको जनाएको छ।

यसका साथै फिफा विश्वकप २०२२ को उत्साहलाई अझ दोब्बर वृद्धि गर्न बर्जर पेन्ट्स नेपालले लक्की ड्र पुरस्कारसहितको आकर्षक अफर पनि ल्याएको छ। यस योजनामा सहभागी भई १ सय ५० भन्दा धेरै घरधनीहरूले नगद तथा जिन्सी पुरस्कारहरू जित्न सक्ने जनाएको छ। बर्जर पेन्टस नेपालका कन्ट्री मेनेजर सत्य प्रकाशले यस योजनासँगै चाडपर्वको उल्लाससँगै फुटबल जोशलाई जगाउने लक्ष्य राखेको बताए।

यस्तै उनले यो बेला खुसी ल्याउने हाम्रो प्रयास स्वरूप उत्साहजनक अफरहरू र आकर्षक पुरस्कारहरूले उत्सबलाई दोब्बर पार्ने विश्वास लिएको बताए।

कम्पनीले वेदरकोट लङ्गलाईफ, वेदरकोट अल गार्ड, सिल्क ब्रिज इजी, सिल्क ल्यामर र सिल्क लक्जरी इमल्सनमा उक्त योजना लागु गरेका जनाउँदै योजना अन्तर्गत बर्जर पेन्ट्सको छनौट रेन्जबाट न्यूनतम ५० हजार रूपैयाँमा पेन्टस् किन्दा १ सय वर्ग फिट बराबरको सिल्क इलुजन वाल पेन्ट पक्का पुरस्कार प्रदान गरिने जनाएको छ।

यस्तै लक्की ड्र मार्फत एक घरधनीले सोनी ७५ इन्चको एलईडी टिभी बम्पर पुरस्कारमा जित्ने अवसर पाउने तथा २ जनाले सामसुङको ३४५ लिटरको रेफ्रिजेरेटर लगायत विभिन्न पुरस्कार जित्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १३ भाद्र २०७९ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App