अर्थ

शिवम् सिमेन्टको विशेष साधारणसभा सम्पन्न

शिवम् सिमेन्टले विशेष साधारणसभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार  गोयलको अध्यक्षतामा सञ्चालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका प्रस्तावहरू पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो।

विशेष साधारण सभाबाट कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम २३, नियम २५ को (५) नियम २७ को (२), नियम २९ र नियम ३१ संशोधन गर्नेसम्बन्धी सबै विशेष प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको कम्पनीले जनाएको छ।

संशोधनपश्चात्  कम्पनीको सञ्चालक समितिको संख्या सात जनाबाट छ जना कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७ ३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी शेयर धनीहरूको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको जनाएको छ। 

प्रकाशित: १३ भाद्र २०७९ ०३:५७ सोमबार

शिवम् सिमेन्ट विशेष साधारणसभा सम्पन्न