अर्थ

जलविद्युत प्रवर्द्धकले १५–१६ सय मेगावाटका आयोजना अझै झोलामा बोकेर हिँडेका छन्: मन्त्री भुसाल

फाइल तस्बिर

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलविद्युत प्रवर्द्धकले १५–१६ सय मेगावाटका आयोजना अझै झोलामा बोकेर हिँडेको बताएकी छिन्।  

आइतबार मन्त्रालयको पत्रकार सम्मेलनमा एक वर्षको मन्त्रालयको कार्य प्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले उत्पादन अनुमतिपत्र लिएर विद्युत खरिद सम्झौता (पिपिए) को प्रारम्भिक चरणसमेत टुंग्याएका जलविद्युत प्रवर्द्धकले १५–१६ सय मेगावाटका आयोजना अझै झोलामा बोकेर हिँडेको बताएकी हुन्।  

उनले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताइन्। मन्त्री भुसालले उक्त आयोजना निर्माणको लागि जग्गा मुआब्जा,पुरबास लगायतको काम करिब सकिन लागेको बताइन्। नेपालमा वर्षाको समयमा विद्युत धेरै हुने र हिउँदा कम हुने भएकाले ६५ दिन भरपर्दो विद्युत निर्माणको लागि स्टोरेजमा जानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।  

मन्त्री भुसालले मन्त्री भएर आएको एक वर्षमा गरेको महत्वपूर्ण काममा बुढीगण्डकी पनि पर्ने बताइन्। 

प्रकाशित: १२ भाद्र २०७९ १२:४० आइतबार

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल