अर्थ

तोलामा ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो।  

मूल्य घटेसँगै आज छापावाल सुन तोलामा ९५ हजार १०० मा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ रहेको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ रहेको छ।

आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी आज तोलामा १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १२ भाद्र २०७९ ०६:२१ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ