अर्थ

‘साओमी १२‘ लाइट बजारमा

 साओमीले अल्ट्रा स्लिम ‘साओमी १२’ लाइट बजारमा ल्याएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले साओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहकलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता र आकर्षक डिजाइनका टप नच फोन सेटहरू उत्पादन गरेको बताए। साथै उनले नयाँँ सेट फ्यासनेबल र लक्जरियस भएको बताउँदै उपभोक्ताहरूले फ्ल्यागसिप पर्फर्मेन्सको अनुभव लिने कुरामा कम्पनी पूर्ण विश्वस्त भएको जनाए।  

कम्पनीले उक्त नयाँ मोबाइल सेटमा फ्यासनफर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन, कभर सट लिन स्टुडियो लेभलको क्यामरा र रेक दिन इमर्सिभ भ्यु र साउन्ड एक्सिपेरियन्स लगायतका विषेशताहरू भएको जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७९ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App