अर्थ

टाटा मोटर्सको द-सही अफर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द-सही अफर’ ल्याएको छ।

यस योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि ट्रक, बस, ट्रिपर, मिनी ट्रक, मिनी ट्रिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रालगायतका कमर्सियल गाडी खरिद गर्दा टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सक्ने सुविधा समेत भएको तथा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्स जस्ता सुविधाहरू पनि रहेको जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ ०४:११ बिहीबार

टाटा मोटर्स आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ