अर्थ

मुक्तिनाथ बैंकको ‘तीज विशेष अफर’ योजना

मुक्तिनाथ विकास बैंकले तीजको अवसरमा ‘मुक्तिनाथ तीज विशेष अफर’ योजना ल्याएको छ। 

उक्त योजनाअन्तर्गत भदौसम्म बैंकमा ‘मुक्तिनाथ महिला पेवा बचत खाता’ खोल्ने नारीहरूले १ लाख रूपैयाँसम्मको चिकित्सा सम्बन्धी बिमा प्राप्त गर्ने बैंकले जनाएको छ।

यस्तै पहिलो वर्षको लागि निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ लगायतको विभिन्न सेवामा ५० प्रतिशतसम्म छुट हुने बैंकले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७९ ०३:४७ बिहीबार

मुक्तिनाथ बैंक ‘तीज विशेष अफर’ योजना