अर्थ

नेप्से परिसूचक २.८६ अंकले वृद्धि

बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बुधबार नेप्से सूचक २.८६ विन्दुले बढेर २०५७.८४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ।

बुधबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ७९ हजार ७०५ कित्ता शेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन्। जसमा ६ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन्।

बुधबार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९.९९ प्रतिशत, रुरु जलविद्युतको ५.८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५.२५ प्रतिशतले बढेको छ। यता गोर्खाज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै २.३६ प्रतिशतले घटेको छ। आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ।

प्रकाशित: ८ भाद्र २०७९ ११:११ बुधबार

नेप्से परिसूचक