अर्थ

तीन सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो।  

मूल्य बढेसँगै छापावाला सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार ९५ हजारमा कारोबार भएको थियो।  

यस्तै आज तेजाबी सुन आज तोलको ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ भाद्र २०७९ ०५:५७ बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ