अर्थ

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।

एभरेष्ट बैंकका ग्राहकहरूलाई आफ्नो भिषा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिङ्क गरी, उक्त कार्डहरूबाट मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिलभुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सकिने बैंकले जनाएको छ।

यसैगरी बैंकका ग्राहकले मोकोमार्फत स्क्यान टु पे माध्यमबाट १५०० रूपैयाँभन्दा बढी मर्चेन्टकोमा भुक्तानी समेत गर्न सक्नेछन्। मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध हुने बैंकले जनाएको छ। 

प्रकाशित: ८ भाद्र २०७९ ०४:१६ बुधबार

फोकसवान पेमेन्ट सोलुसन्स प्रालि