अर्थ

न पानी न मलः तराईका धान खेतमा चिरैचिरा

गौरीगंगा नगरपालिका–७, मट्कौनाका किसानको खडेरीले धाँज फाटेको खेत।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर अन्न भण्डारका रुपमा चिनिन्छ। यहाँको भूमि धान र गहुँ खेतीका लागि अत्यन्तै उर्वर मानिन्छ। कैलाली र कञ्चनपुरमा उत्पादित धानले यहाँका ९ वटै जिल्लालाई वर्षभरि खान पुग्छ। तर, त्यही धानमा बाला लाग्ने समयमा अन्नभण्डार मानिएको तराई खडेरी झेल्न बाध्य छ।

‘पानी पर्ने छाँटै छैन। यही तराईमा खडेरी हुन थालिसक्यो।’ साउन र भदौ महिनामा पानी नपर्दा खेती नसप्रने बताउँदै अर्का किसान भागीराम चौधरीले भने, ‘यस्तैगरी एक हप्ताभित्र पनि पानी नपरेमा किसानलाई ठूलो धोका हुन्छ।’

धान पसाउने (बाला लाग्ने) समयमा जति पानी पर्‍यो, त्यति राम्रो मानिन्छ। तर, यो बर्खेयाममा भने धान खेतीका लागि चाहिने जति पानी नपर्दा तराईले खडेरी झेल्नु परेको हो। खेती सप्रिने बेला पानी नै नपर्दा यसपाली के खाने भन्ने चिन्ता थपिने बताउँदै गौरीगंगाका किसान अमर बमले भने, ‘धानले बाला हाल्ने समयमा पानी नै परेको छैन, यो बेला पानी परेन भने धानले बालै हाल्न सक्दैन।’

कही कतै धानले बाला हाले पनि पानी नपर्दा धानमा चामल नहुने समस्या देखिने उनी बताउँछन्। ‘यस्तै भयो भने यसपाली के गर्ने होला?,’ आकाश हेर्दै उनले भने, ‘पानी पर्ने छाँटै छैन। यही तराईमा खडेरी हुन थालिसक्यो।’ साउन र भदौ महिनामा पानी नपर्दा खेती नसप्रने बताउँदै अर्का किसान भागीराम चौधरीले भने, ‘यस्तैगरी एक हप्ताभित्र पनि पानी नपरेमा किसानलाई ठूलो धोका हुन्छ।’

यही समयमा धान पसाउने तथा फूल्ने समय भएकाले पानी पर्दा धानमा राम्रो गेडा लाग्ने भए पनि पानी नपर्दा खडेरीले धानले फसल दिन नसक्ने उनी बताउँछन्। यसपाली धान रोप्दा पनि पम्पसेट प्रयोग गरी रोपेको बताउँदै उनले भने, ‘धान रोप्दा पनि पम्पसेट प्रयोग गरी रोपेका थियौँ, अब धान पसाउने बेला पनि पानी नपर्दा हामी किसान डुब्ने भयौँ।’ किसानलाई प्रकृतिले पनि ठग्न थालेको उनले बताए।

‘यो मौसम भनेको धान फूल्ने तथा परागसेचन गर्ने समय हो, यहीबेला वर्षात नहुँदा धान फल्न नसक्ने तथा गेडा नलाग्ने हुन सक्छ।’ 

‘हुँदा-हुँदा अब किसानलाई प्रकृतिले पनि ठग्न थाल्यो,’ चौधरीले भने, ‘किसानलाई कहिले सरकारले त कहिले प्रकृतिले ठग्न थालेको छ।’ सरकारले समयमा बीउ, मल नदिने तथा फलेको फसलले पनि उचित मूल्य नपाउने हुँदा किसान वर्षौदेखि ठगिँदै आएको उनी बताउँछन्।

साउन र भदौ महिनामा पानी नपर्नु र खडेरी देखिनुले किसान चिन्तित भएको प्रदेश कृषि निर्देशनालयका दिपायलका प्रमुख यज्ञराज जोशीले भने, ‘यो मौसम भनेको धान फूल्ने तथा परागसेचन गर्ने समय हो, यहीबेला वर्षात नहुँदा धान फल्न नसक्ने तथा गेडा नलाग्ने हुन सक्छ।’ आकाशे पानी पर्दा धानमा लाग्ने रोगव्याधि पनि हट्ने र यसले उत्पादन बढ्ने हुँदा यो बेला सुख्खा खडेरी हुनु किसानका लागि नराम्रो संकेत भएको उनी बताउँछन्।

यो बेला पहाडका धेरै किसानको खेतबारीमा रोगव्याधि देखिएको पनि उनले बताए। ‘डोटी, डडेल्धुरा र अछामका किसानको खेतमा धानबाली पसाउन नपाउँदै पहेँलिएर सुक्न थालेका छन्,’ उनले भने, ‘बढ्दो मौसम परिवर्तन र धानबालीमा चाहिने पोषक तत्वको कामीका कारण किसानको खेतमा धानबाली सुक्न थालेको हो।’

किसानका खेतमा धानबाली सुक्न थालेपछि समस्या समाधान तथा सुधारका लागि कृषि विकास निर्देशनालय राजपुर डोटीको संयोजकत्वमा राष्ट्रिय धान बाली विकास कार्यक्रम धनुषाका तीन जना विज्ञसहितको टोलीले गरेको अध्ययनले धानबालीमा हुने पोषक तत्वको कमी र लामो समयसम्म परेको खडेरीले विभिन्न समस्या देखिएको जलवायु परिवर्तनको असरले धान पहेँलिएर सुक्ने समस्या देखिएको निष्कर्ष निकालेको थियो।

‘धान खेतीका लागि चाहिने जस्तो वर्षात अझै ३ दिन यता हुँदैन,’ मौसमविद् गंगाले भनिन्, ‘थोरै वर्षा भए पनि धान खेतीका लागि चाहिने पर्याप्त पानी पर्न अझै समय लाग्छ।’ 

यसपाली धान खेतीका लागि चाहिने जति वर्षात नभएको कृषि प्राविधिकहरु बताउँछन्। धान खेती पसाउने तथा फूल्ने समयमा खडेरी हुँदा समस्या झेल्नु पर्ने चिन्ता किसानलाई छ। विगत केही दिनदेखि सुदूरपश्चिमका तराई क्षेत्रमा वर्षात नभएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ भने मैसम पूर्वानुमान महाशाखा काठमाडौँका मौसमविद् गंगा नगरकोटीका अनुसार अझै तीन दिन सुदूरपश्चिमका तराई क्षेत्रमा वर्षात नहुने संकेत देखिएको छ।

‘धान खेतीका लागि चाहिने जस्तो वर्षात अझै ३ दिन यता हुँदैन,’ मौसमविद् गंगाले भनिन्, ‘थोरै वर्षा भए पनि धान खेतीका लागि चाहिने पर्याप्त पानी पर्न अझै समय लाग्छ।’ सुदूरपश्चिममा १ लाख ८५ हजार ८ सय ४७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। जसमध्ये कैलालीमा ७० हजार ४ सय ५ हेक्टर र कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। बढ्दो खडेरीका कारण यति ठूलो क्षेत्रफलमा लगाइएको धानबाली प्रभावित हुने भन्दै किसान चिन्तित बनेका छन्।

प्रकाशित: ७ भाद्र २०७९ १२:५५ मंगलबार

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर अन्न भण्डार कैलाली र कञ्चनपुरमा उत्पादित धान