अर्थ

हिप्को इन्फ्राद्वारा प्रि–इन्जिनियरिङ बिल्डिङको उत्पादन सुरू

हुलास स्टिलको लगानीमा पर्सा जिल्लाको बेल्वामा प्रि–इन्जिनियरिङ बिल्डिङ उत्पादन गर्न सुरू भएको छ। कम्पनीले गत बर्ष माघ महिनादेखि हिप्को सुपर बिल्युडको नामबाट बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले प्रि इन्जिनियरिङ बिल्डिङ लगायत अन्य सामाग्रीहरू उत्पादन गरी दैवीप्रकोपबाट हुने भौतिक क्षति न्युनिकरण गर्नुका साथै आधुनिक एवम् ब्यवस्थित निर्माणलाई कम खर्चिलो र द्रुत गतिमा निर्माण सम्पन्न हुने लक्ष्यसहित नेपालको पूर्वाधार विकासलाई द्रुत गतिमा बढाउने लक्ष्य लिएको जनाएको छ।  

साथै नयाँ प्रविधि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरहरूको प्रयोग गर्नुका साथै अन्तर्राष्ट्रिय गुणस्तरयुक्त मापदण्ड अनुसार उच्च गुणस्तरको प्रि इन्जिनियरिङ बिल्डिङ र सामग्रीको वार्षिक ५० लाख स्क्वायर फिट उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।  

कम्पनीले उत्पादन गर्ने उक्त वस्तुहरूको प्रयोग गर्दा औद्योगिक कारखाना, वेयरहाउस, ब्यावसायिक भवन, आवासीय भवनलगायत सानादेखि ठूला परियोजनाका संरचनाहरूको निमार्णमा गुणस्तरीय, सुरक्षित, कम खर्चिलोका साथै यस कम्पनीको उत्पादनहरू प्रयोग गर्दा निःशुल्क परामर्श सेवा दिने समेत जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७९ ०४:४६ मंगलबार

हुलास स्टिल