अर्थ

बुद्ध र यती एयरमा क्यासब्याक पाउने

एनएमबी बैंकले आउँदो चाड पर्वलाई मध्यनजर गर्दै अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ।

बैंकका ग्राहकहरूले अब बुद्ध र यती एयरको एप र वेवबाट डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ३५० देखि ५०० रूपैयाँसम्म क्यास ब्याक सुविधा पाउने भएका छन्।

बैंकका अनुसार क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्नेछ। यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहने बैंकले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०२:२७ शुक्रबार

बैंक बुद्ध र यती एयरमा क्यासब्याक पाउने बुद्ध र यती