अर्थ

सुनको मूल्य ३ सय रुपैयाँले घट्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।  

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो।  

त्यस्तै आज तेजाबी सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।  बुधबार तेजाबी सुनको मूल्य ९५ हजार ७०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी तोलामा १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो।

प्रकाशित: २ भाद्र २०७९ ०५:४० बिहीबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ