अर्थ

आइएमएस ग्रुपद्वारा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक

आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक गरेको छ। आइएमएस ग्रुप नेपालमा यस ब्रान्डको एक मात्र राष्ट्रिय वितरक बनेको छ।

फ्रान्सेली ब्राण्ड पाराकिटोले प्राकृतिक रूपमा लामखुट्टे र टिकबाट जोगाउने जानकारी कम्पनीले दिएको छ। यसले रिस्टब्यान्ड, स्प्रे, क्लिप लगायतका विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्ने कम्पनीले बताएको छ।

विशेष गरी बच्चा, गर्भवती महिला र संवेदनशील छाला भएकाहरूका लागि पाराकिटो उपयुक्त मानिएको छ।  

प्रकाशित: २ भाद्र २०७९ ०४:०४ बिहीबार

आइएमएस ग्रुप फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ सार्वजनिक