अर्थ

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली

सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ। 

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरूलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ।

लकर शुल्कमा ७५५ छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यसैगरी पहिलो पीओसएस कारोबारमा १०५ वा अधिकतम ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ। यो योजना २०७९ भदौ १ देखि १५ गतेसम्म र क्यासब्याक भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ। सानिमा बैंकको देशभर १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।  

प्रकाशित: ३० श्रावण २०७९ १४:२५ सोमबार