अर्थ

नेप्से परिसूचक ५५.८८ अंकले वृद्धि

पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार उच्च अंकले वृृद्धि भएको छ।  

सोमबार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ बिन्दुमा पुगेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ। आईतवारको तुलनाका नेप्से र कारोबार रकम दुबै बढेको छ। आईतवार १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्सेको १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ। जसमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ।

नेप्से बढेसँगै इन्भेष्टमेण्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ। तर यता रिडि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको २.७० प्रतिशतले घटेको छ। सोमबार शिवम सिमेन्टको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित: ३० श्रावण २०७९ १०:५० सोमबार

नेप्से परिसूचक