अर्थ

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय रुपैँया तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय रुपैँयामा कारोबार भएका थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय रुपैँया छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला  ९६ हजार एक सय रुपैँया थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय  २५ रुपैँया कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासङ्घले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: २७ श्रावण २०७९ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App