अर्थ

सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन तोलाको ९७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुन प्रतितोला ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।    

बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: २५ श्रावण २०७९ ०६:१३ बुधबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ