अर्थ

नेप्सेमा ४३ अंकको गिरावट

सेयर कारोबारमा मंगलबार ठूलो अंकले गिरावट आएपछि नेप्से परिसूचक २१ सय बिन्दुभन्दा तल झरेको छ। मंगलबारको कारोबारमा ४३.३५ अंकले घटेर परिसूचक २०६२.८०बिन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो दिन १०.२७ अंकले बढेको सेयर बजार सोमबार १७.६८ अंकले घटेको थियो। एक्सचेन्जका अनुसार मंगलबारको कारोबार २१०९ बिन्दुबाट सुरु भएकामा दिनभर जसो गिरावट आएको थियो। यही कारण नेप्सेबाहेक अन्य तीन सूचक सबै घटेका छन्। सेयर कारोबारमा अन्य १३ उपसूचकहरू सबैको कारोबारमा गिरावट आएको छ। पाँच वटा उपसूचक एक सयभन्दा धेरै अंकले घटेका छन्। 

एक्सचेन्जका अनुसार सबैभन्दा धेरै प्रतिसेयर मूल्य बढ्नेमा हिमालयन हाइड्रो पावर कम्पनी परेको छ भने गणपति लघुवित्तको सबैभन्दा धेरैले प्रतिसेयर मूल्य घटेको छ। यस्तै नागरिक लगानी कोषको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। सबैभन्दा धेरै कित्ता सेयर बिक्री हुने कम्पनीमा एनसीसी बैंक परेको छ।

एक्सचेन्जका अनुसार मंगलबार २२२ कम्पनीका सेयर कारोबार भएको छ। यसका लागि ६६ लाख ४६ हजार कित्ता सेयर बिक्री भएका छन्। यस्तै २ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २९ खर्ब ४६ अर्ब रूपैयाँमा आएको छ। 

प्रकाशित: २५ श्रावण २०७९ ०१:४१ बुधबार

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४३ अंकको गिरावट