अर्थ

सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो

फाइल तस्बिर

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।  

योसँगै आज छापावाल सुन प्रतितोला ९६ हजार ९०० र तेजाबी सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।  

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर  १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: २४ श्रावण २०७९ ०५:१९ मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ