अर्थ

नोकिया नेपाल इनोभेसन डे’ सम्पन्न

नोकियाले ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ कार्यक्रम सम्पन्न गरेको छ। फिनल्याण्ड दूतावाससँगको सहकार्यमा नोकियाले उक्त कार्यक्रम आयोजना गरेको हो।  

कार्यक्रममा नेपाललाई फाइभजी युगको लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य नोकिया लिएको जनाएको छ। नोकियाले उच्च गुणस्तर सेवा, किफायती मोबाइल र फिक्सड ब्रोडब्याण्ड भएको र यसले सेवाविहीन र असीम वर्गहरूलाई सशक्तिकरण गराउने रहेको बताए। 

नोकियाले हालसम्म १० लाख भन्दा बढी ग्राहकहरूलाई फिक्सड ब्रोडब्याण्ड सेवा पुर्‍याएको दाबी गरेको छ।

प्रकाशित: २४ श्रावण २०७९ ०३:२१ मंगलबार

नोकिया नेपाल नोकिया