अर्थ

नेप्से फेरि २१ बिन्दु नजिक, १७ अंकको गिरावट

साताको पहिलो दिन सामान्य रूपले बढेको सेयर बजार सोमबार १७ अंकले घटेको छ। योसँगै नेप्से २१ सय बिन्दुतर्फ झरेको छ।  

गत साताभरको कारोबारबाट २६ अंक घटेको बजार आइतबार १०.२७ अंकले बढेको थियो। सोमबार भने १७.६८ अंकले घटेर परिसूचक २१०६.१५ बिन्दुमा पुगेको छ।  

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबारको कारोबार २१२८ बिन्दुबाट सुरू भएकामा तत्कालै १० अंकले बढ्न पुगेको थियो। दिनभरको कारोबार यही सेरोफेरोमा घुमेकामा अन्तिम समयतिर गिरावट आएको थियो। दिनभरमा परिसूचक अधिकतम २१३९ र न्यूनतम २१०३ बिन्दुमा झरेको थियो। बजार बन्द हुने समयमा परिसूचक २१०६ बिन्दुमा रोकिएको हो।  

एक्सचेन्जका अनुसार सोमबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचक सबै घटेका छन्। सेन्सेटिभ सूचक ३.४४ अंकले घटेको छ भने फ्लोट १.३७ अंकले गिरावट आएको छ। यस्तै सेन्सेटिभ फ्लोट १.१६ अंकले घटेको छ। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा बढी फ्लोट सूचक ०.९४ प्रतिशतले घटेको छ। यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये २ उपसूचक बढेका छन् भने ११ उपसूचक घटेका छन्। कारोबारमा सुधार आउने २ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अंकले बढेको छ।

यस्तै कारोबारमा गिरावट आउने ११ उपसूचकमध्ये एक सय भन्दा धेरै अंकले घट्नेमा जीवन बिमा मात्र परेको छ। यो उपसूचक १०१ अंकले घटेको हो। यस्तै विकास बैंक ५२, होटल तथा पर्यटन ४६, अन्य ३६ र व्यापार ३८ अंकले घटेका छन्।  

कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले गिरावट आउनेमा अन्य उपसूचक परेको छ। यो २.४२ प्रतिशतले घटेको हो। सबैभन्दा कम गिरावट आउनेमा लघुवित्त उपसूचक ०.३६ प्रतिशत छ।एक्सचेन्जका अनुसार सोमबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्ने कम्पनीमा गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावर परेको छ। यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यसपछि सबै भन्दा धेरैले बढनेमा युनिलिभर कम्पनी परेको छ। यसको प्रतिसेयर मूल्य ५.५९ प्रतिशतले बढेको हो।  

कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले प्रतिसेयर मूल्य घट्ने कम्पनीमा जानकी फाइनान्स परेको छ। यसको सेयर मूल्य ४.३१ प्रतिशतले घटेको हो। यस्तै एनआइसी एसियाको सेलेक्ट फण्ड ३.८४ र स्यानर्जी पावरको ३.५५ प्रतिशतले घटेका छन्।  

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार सिवम सिमेन्टको भएको छ। यसको २० करोड ७१ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै नविल बैंकको १० करोड ८५ लाख र नागरिक लगानी कोषको ८ करोड २२ लाख रूपैयाँको कारोबार भएको छ।यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर नेशनल हाइड्रोपावरको बिक्री भएको छ। यसका २ लाख ७९ हजार ९ सय ६९ कित्ता सेयर बिक्री भएका हुन्। शिवम् सिमेन्टको २ लाख ६७ हजार २ सय ४८ कित्ता सेयर बिक्री भएको छ।

प्रकाशित: २४ श्रावण २०७९ ०२:१५ मंगलबार

नेप्से सेयर बजार