अर्थ

बर्खास्त भएको चिठ्ठी नपाएको भन्दै एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा

फाइलतस्बिर

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्तको चिठ्ठी नपाएको भन्दै  कार्यालयमा हाजिर भएका छन्। 

मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो। भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी आफूले नपाएकाे भन्दै कार्यालयमा पुगेका छन्। सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय जाँदैनन्।

सरकारले विभिन्न अभियोगमा छानविन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो।

प्रकाशित: २२ श्रावण २०७९ ०७:२९ आइतबार