अर्थ

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।  

सुनको मूल्य घटेसँगै आज सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुन आज तोलाको ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। आज चाँदी तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २२ श्रावण २०७९ ०६:२९ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ