अर्थ

अर्थमन्त्री शर्माले लिए शपथ

अर्थमन्त्री जनार्दन शर्माले आइतबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन्।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि राजीनामा दिएका शर्माले आरोप पुष्टि नभएपछि पुन: अर्थमन्त्रीकाे जिम्मेवारी पाएका हुन्।

तर संसदीय समितिले उनीबारे लागेको आरोप पुष्टि गर्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा सिफारिस गरेका हुन्।

प्रकाशित: १५ श्रावण २०७९ १३:०६ आइतबार