नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ। उक्त योजनाअन्तर्गत मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने छ। संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुई गुणा हुने बैंकले जनाएको छ।
त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम उक्त मुद्दती खातामा लगानी गर्दा ५ वर्ष १ महिना ४ दिनमा डबल हुनेछ। मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रूपैयाँसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरू पनि प्राप्त गर्ने सकिने तथा नेपालभरका सम्पूर्ण शाखाहरू मार्फत उक्त मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ।
प्रकाशित: १३ श्रावण २०७९ ०४:३६ शुक्रबार